ग्लोबल आइएमई बैङ्क लिमिटेडका ग्राहकहरूले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।
नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैङ्कको भिजा (VISA) डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् ।
बैङ्कको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा रु.२,००० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा रु.२,५०० सम्म छुट पाउनेछन् ।
बैङ्कका कार्ड बाहक ग्राहकहरूले छुट पाउनका लागि दराज ए्यापबाट ग्लोबल आइएमई बैङ्कको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ । यी भाउचरहरू चेक आउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् ।
ग्लोबल आइएमई बैङ्कले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूलाई दराज ११:११ मा २० प्रतिशत छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
