काठमाडौँ महानगरपालिका, वाड नं २८, कमलादी स्थित विभान्ता डेन्टल हस्पिटल प्रा.लि.तथा काठमाडौँ महानगरपालिका,वाड नं ०४, धुम्बाराही स्थित हिमाल डेन्टल हस्पिटल प्रा.लि.र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित डेन्टल हस्पिटल प्रा.लि.को दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैङ्कका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले २०% छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा विभान्ता डेन्टल हस्पिटल प्रा.लि.र हिमाल डेन्टल हस्पिटल प्रा.लि.मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा विभान्ता डेण्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैङ्क लि.का तर्फबाट चिफ मार्केटिङ अफिसर नीरज लम्साल र मार्केटिङ म्यानेजर सबिन राणा को संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो ।
विभान्ता डेन्टल हस्पिटल प्रा.लि/हिमाल डेन्टल हस्पिटल प्रा.लि र प्रभु बैङ्क लि.बिच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
