धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ०३ अङ्कले घटेर २०८८ दशमलव ०७ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव २९ अङ्कले घटेर ३९१ दशमलव ३३ को विन्दुमा पुगेको छ ।
आज कूल ३०९ कम्पनीहरूका १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता शेयर रु. ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य जलविद्युत उपसमूह २.१० अङ्कले, जीवन बिमा उपसमूह ६०.१७ अङ्कले, निर्जीवन बिमा ६३.११ अङ्कले र अन्य उपसमूह १५.३२ अङ्कले बढेका छन् । बैङ्किङ उपसमूह १९ दशमलव ०० अङ्कले घट्दा विकास बैङ्क उपसमूह ५६ दशमलव २६ अङ्कले, वित्त उपसमूह ३०.०३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८५.८७ अङ्कले, लगानी उपसमूह उपसमूह ३.१८ अङ्कले, उत्पादन उपसमूह १६९.३८ अङ्कले, लघुवित्त उपसमूह ५२.३८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले र ट्रेडिङ उपसमूह ९५.९३ अङ्कले घटेका छन् ।
साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा २१.०३ अङ्कको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
