पर्यटन प्रवर्द्धन र विकाशमा उल्लेख्य भूमिका खेलिरहेका नेपालका व्यावसायिक संस्था लुम्बिनी केबलकार लिमिटेड र यती एअरलाइन्स बिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार यती एअरलाइन्सबाट यात्रा गर्ने यात्रुहरूलाई लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट प्राप्त हुनेछ भने लुम्बिनी केबलकारका कार्यरत कर्मचारीहरूलाई यती एअरलाइन्सको नेपाल भरिको यात्रामा १५ प्रतिशत छुट हुने गरी सम्झौता भएको हो ।
सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेसन म्यानेजर दिल्ली नारायण कायस्थ र यती एअरलाइन्सका तर्फबाट चिफ विजनेश अफिसर युवराज विष्टले हस्ताक्षर गर्नुभएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । युरोपेली प्रविधि अन्तर्गत विश्वविख्यात अस्ट्रियाको डोपलमायर कम्पनीले निर्माण गरेको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ अन्तर्गत सिद्धार्थ राजमार्ग अन्तर्गत गोलपार्क केबलकार चोकमा बटम स्टेसन रहेको छ भने पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं. ३ मा टप स्टेसन रहेको छ । केबलकारको टप स्टेसनमा नेपालको एक मात्र शक्ति पीठ माँ कामाख्याको मन्दिर रहेको छ । केबलकारको यात्राबाट एकै साथ तराई, पहाड र हिमालको अनुभूति गर्न सकिन्छ । यती एअरलाइन्स नेपालको आन्तरिक उडान गर्ने प्रमुख एयरलाईन मध्ये एक हो । यती एअरलाइन्सको नेपालभर दैनिक ८० वटा भन्दा बढी उडान रहेको यति एयर लाईनका भैरहवा शाखा प्रमुख अनुप ढकालले बताउनु भयो ।
लुम्बिनी केबलकार र यती एअरलाइन्स बिच व्यावसायिक सहकार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en