बडा दशैं २०८१ को अवसरमा ज्योति विकास बैङ्कले नि:शुल्क फण्ड ट्रान्सफर योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ज्योति विकास बैङ्कका ग्राहकहरूले बैङ्कको मोबाइल बैङ्किङ एप ज्योति स्मार्टमा रहेको ज्योति ट्रान्सफर मार्फत पैसा  ट्रान्सफर गर्दा कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
रु. 0 मै फण्ड ट्रान्सफरको योजनाले ग्राहकहरूलाई दशैंको अवसरमा पैसा ट्रान्सफर गर्न सहज हुनुको साथै डिजिटल दक्षिणा पनि थप प्रवर्द्धन हुने विश्वास बैङ्कले बोकेको बताएको छ। विद्युतीय कारोबारलाई ग्राहक माझ थप विस्तार गर्न बैङ्कले यो योजना सार्वजनिक गरेको छ।
डिजिटलाइजेसन र डिजिटल बैङ्किङ सेवालाई सक्रिय रूपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैङ्कले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्न डिजिटल बैङ्किङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ।
 
ज्योति विकास बैङ्कका ग्राहकहरूलाई नि:शुल्क “Fund Transfer” सुविधा
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    