एन आई सी एशिया बैङ्कले मुद्दती खातामा आधारित अनलाइन कर्जा (Online Loan against Fixed Deposit) नामको अर्को एक उत्कृष्ट योजना ग्राहकहरू माझ ल्याएको जानकारी दिएको छ । सो योजनाअन्तर्गत बैङ्कमा मुद्दती निक्षेप राखेका ग्राहकहरूले बैङ्कको मोबाइल बैंकिङ्ग (मोबैंक) एप वा वेबसाइट (https://loan.nicassiabank.com) बाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम रु. २ लाखसम्मको कर्जा तुरुन्तै प्राप्त गर्न सक्ने सो बैङ्कले जानकारी दिएको छ ।
‘डिजिटल फष्ट बैङ्क’ बन्ने दीर्घकालीन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको सो बैङ्कले ल्याएको सो कर्जाको लाभ लिन योग्य ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप वा वेबसाइटमा उपलब्ध ‘Apply for Loan Against FD’ विकल्प जान सक्ने सो बैङ्कले जानकारी दिएको छ । उक्त विकल्प छनौट गरेपछि सिस्टमले आवेदनको मुद्दती खाताको विवरण र निजको खातामा उपलब्ध रकम तत्कालै जानकारी लिने र यसपछि ग्राहकहरूले आफूले चाहेको कर्जा रकमको विवरण भरेपछि रु. २ लाखसम्मको कर्जाको लागि आवश्यक विवरण भरेपछि ओटिपि (OTP) कोड प्राप्त हुने सो बैङ्कले जानकारी दिएको छ । अब उक्त ओटिपि कोड हालेर सर्त मञ्जुरीमा क्लिक गरेर प्रविष्ट गरेपछि कर्जा रकम ग्राहकहरूको खातामा तुरुन्तै जम्मा हुने सोही बैङ्कले जानकारी दिएको छ । साथै, सो योजनमार्फत रु. २ लाखभन्दा माथिको कर्जाको हकमा भने लागि ग्राहकहरूले डिजिटल फर्म भरेर सो बैङ्कको शाखा कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गरेपछि कर्जा प्राप्त गर्न सक्ने सोही बैङ्कले जानकारी दिएको छ। यसरी मुद्दती खाता कर्जा प्राप्त गर्ने ग्राहकहरूले हरेक त्रैमासको अन्तसम्ममा ब्याज भुक्तानी गर्नुपर्ने नियम रहेको छ भने कर्जा लिएको एक वर्ष वा मुद्दती खाता परिपक्व हुने दिनको अघिल्लो दिनसम्म साँवा भुक्तानी गर्नुपर्ने सो बैङ्कले जानकारी दिएको छ । न्यूनतम रु. ५ हजार कर्जा सीमा उपलब्ध सो योजनामा ग्राहकहरूले प्राप्त गर्ने कर्जाको अधिकतम सीमा, ब्याजदर, प्रक्रिया शुल्क, कर्जा भुक्तानी सुविधा, पुनर्तालिकीकरण, सर्तहरूका बारेमा कर्जा लिने प्रक्रियाको क्रममा जानकारी प्राप्त गर्न सक्ने सो बैङ्कले बताएको छ ।
एन आई सी एशिया बैङ्कले ल्यायो ‘मुद्दती खाता कर्जा,’ अनलाइनबाटै रु. २ लाखसम्मको कर्जा तुरुन्तै पाइने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
