सिद्धार्थ बैङ्कको नाफा ९.९१ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर २.०१ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने २३ करोड ७८ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
१४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेकोसिद्धार्थ बैङ्कले २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १० अर्ब ५७ करोड रुपैयाँ र सञ्चित मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ । आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा सिद्धार्थ बैङ्कले आफ्ना शेयरधनिहरूलाई ५.६५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।
बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा र पछिल्लो कारोबार मूल्य रु २६४.१० को आधारमा मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ ।
सिद्धार्थ बैङ्कको खुद ब्याज आम्दानीमा २३.९७ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%
