प्रभु बैङ्क लिमिटेड र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्ट बिच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको बैङ्कले जनाकारी दिएको छ। बैङ्कका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको सो बैङ्कले बताएको छ।
प्रभु बैङ्क र उक्त रिसोर्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैङ्कमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरूले हिमालय दृश्य रिसोर्टद्धारा सञ्चालित “फुड” र “वेभरेज” (ए’ला कार्ट मेनु) सेवामा १० प्रतिशतका छुट प्राप्त हुनेछ । उक्त सम्झौता अन्तर्गत हिमालय दृश्य रिसोर्टमा सुविधा लिन चाहने प्रभु बैङ्कका ग्राहकहरूले प्रभु बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, हिमालय दृश्य रिसोर्टका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको पनि बैङ्कले जानकारी दिएको छ साथै साे सम्झौताबाट बैङ्कका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुनेछन् भन्ने बैङ्कले विश्वास लिएको बताएको छ ।
प्रभु बैङ्क लिमिटेड र हिमालय दृश्य रिसोर्ट बिच आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%
