मुक्तिनाथ विकास बैङ्कले सेवाग्राहीहरूलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरूलाई सम्पूर्ण सेवाहरू एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लि. र सेयर ब्रोकर कम्पनीहरू बिच त्रिपक्षीय व्यावसायिक सम्झौता गरेको छ । सो सम्झौता बमोजिमको सुविधाहरू “मुक्तिनाथ शेयरधनी बचत खाता” खोल्नुहुने ग्राहकहरूले पाउने छन् ।
उक्त सम्झौता बमोजिम बैङ्कका ग्राहकहरूले मुक्तिनाथ विकास बैङ्कको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरूले (मुक्तिनाथ विकास बैङ्क, मुक्तिनाथ क्यापिटल लि. र तोकिएका सेयर ब्रोकर कम्पनीहरू) दिने विभिन्न सेवा सुविधाहरू पाउन सक्ने छन् । नयाँ व्यवस्था अनुसार “मुक्तिनाथ शेयरधनी बचत खाता” न्यूनतम मौज्दात रु.१००/- मा खोल्न सकिने, Connect IPS रजिस्ट्रेसन, निःशुल्क मोबाइल बैैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग, मुक्तिनाथ क्यापिटल लि.बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेसन र Portfolio Management Service मा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरूबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउने छन् । सो सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटी (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आबद्ध भएका छन् । सेवाग्राहीहरूलाई उक्त कम्पनीहरूबाट उपलब्ध हुने सेवाहरू भविष्यमा थप गर्दै लैजाने योजना रहेको कम्पनीले जनाएकाे छ ।
"मुक्तिनाथ शेयरधनी बचत खाता” मा सुविधाहरू थप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
