नेप्सेमा उछाल: नेप्से २७५९.६७ को विन्दुमा, कारोबार रकम १७ अर्ब माथि



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १०८.३५ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०८ दशमलव ३५ अङ्कले बढेर २७५९ दशमलव ६७ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १८ दशमलव ९० अङ्कले बढेर ४८३ दशमलव ४६ को विन्दुमा पुगेको छ ।

आज कूल ३३० कम्पनीहरूका ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता शेयर रु. १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।

बैङ्किङ उपसमूह ३३ दशमलव ८५ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह २२९ दशमलव ९४ अङ्कले, वित्त उपसमूह २३८ दशमलव २६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३६७.५० अङ्कले, जलविद्युत उपसमूह १८५.८१ अङ्कले, लगानी उपसमूह ४.१४ अङ्कले, जीवन बिमा उपसमूह ५१०.९८ अङ्कले, उत्पादन उपसमूह २६४.०७ अङ्कले, लघुवित्त उपसमूह १११.८७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव २१ अङ्कले, निर्जीवन बिमा ४००.५७ अङ्कले, अन्य उपसमूह १७०.७४ अङ्कले र ट्रेडिङ उपसमूह २००.७६ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x