धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ०५ अङ्कले घटेर १९९३ दशमलव ४२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ७१ अङ्कले घटेर ३८२ दशमलव ८५ को विन्दुमा पुगेको छ ।
आज कूल २७८ कम्पनीहरूका ४० लाख ६ हजार ७३९ कित्ता शेयर रु. ८६ करोड ५१ लाख २० हजार ४५२ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य लगानी उपसमूह उपसमूह शून्य दशमलव ०९ अङ्कले,सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले, निर्जीवन बिमा ५.६१ अङ्कले र ट्रेडिङ उपसमूह शून्य दशमलव ८० अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह २ दशमलव १९ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २१ दशमलव १७ अङ्कले, वित्त उपसमूह ४ दशमलव ८८ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३५.५८ अङ्कले, जलविद्युत उपसमूह ११.४१ अङ्कले, जीवन बिमा उपसमूह ५०.०१ अङ्कले, उत्पादन उपसमूह ३१.४२ अङ्कले, लघुवित्त उपसमूह शून्य दशमलव ६० अङ्कले र अन्य उपसमूह ३.१२ अङ्कले घटेका छन् ।
धितोपत्र बजारमा ५.०५ अङ्कको गिरावट, नेप्से १९९३.४२ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
