नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार श्रावण १० गते, बिहीबारका दिन छापावाला सुनको मूल्य तोलाको १ लाख ४५ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् बुधवार श्रावण ०९ गतेका दिन, छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य पनि सामान्य रकमले ओरालो लागेको महासङ्घले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा किनबेच हुँदै छ । अघिल्लो कारोबार दिन बुधवार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ५५ रुपैयाँले घटेको देख्न सकिन्छ ।
सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
