सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?



नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार श्रावण ७ गते, सोमबारका दिन छापावाला सुनको मूल्य तोलाको १ लाख ४६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबारी दिन अर्थात् आइतबार श्रावण ६ गतेका दिन, छापावाला सुन प्रतितोला १ लाख ४६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा किनबेच हुँदै छ । अघिल्लो कारोबारी दिन आइतबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x