नेपाल स्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा आज ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ को आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य सङ्घको अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापार बिच सहकार्यका लागि जलविद्युत्, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रूपमा रहेको बताउनुभयो । मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआइसीसीआइए) का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बिटुबी कनेक्सनको महत्त्व रहेको जानकारी दिनुभयो ।
लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गर्नुभयो । काठमाडौँमा यही वैशाख १६ र १७ गते तेस्रो नेपाल लगानी सम्मेलन भएको थियो । ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुन क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एमआइसीसीआइए) र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागिता थियो ।
उक्त बिटुबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य सङ्घ र एमआइसीसीआइएबीच सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताका लागि लगानी सम्मेलनको एक दिन अगाडि अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गर्नुभएको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।
‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ आयोजना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
