नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक दलहरूको समान धारणा र समझदारी आवश्यक रहेको बताउनुभएको छ।
शुक्रवार भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले मुलुकलाई अहिलेको आर्थिक अवस्थाबाट बाहिर ल्याउन र जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्न सबै राजनीतिक दलहरूबिच सहकार्य र समझदारी आवश्यक रहेको बताउनुभएको छ।
यसका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको पनि उहाँले बताउनुभएको छ। अध्यक्ष ढकालले राखेको उक्त प्रस्तावमा पूर्व प्रधानमन्त्रीहरूले समेत सहमति व्यक्त गर्नुभएको थियो।
अध्यक्ष ढकालले मुलुक समृद्धिको सूत्र पर्यटन भएकाले सरकारले पनि त्यही अनुसार नीति कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालमा पर्यटनको सम्भावना अथाह भए पनि तिनीहरूको प्रचारप्रसार गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले पर्यटकहरूको लागि आवश्यक पूर्वाधारहरूको विकास गर्न सके मात्र पर्यटक आगमनको अहिलेको अवस्थामा गुणात्मक रूपमा परिवर्तन ल्याउन सकिने बताउनुभयो । उहाँले अर्बौँ लगाएर बनाएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आउन नसकेको भन्दै सञ्चालनमा ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले पर्यटन सुधारको लागि हिल स्टेसनको विकास गर्न जरुरी रहेको बताउनुभयो ।
आर्थिक विकास र समृद्धिका लागि सर्वपक्षीय पहल आवश्यक छ, अध्यक्ष ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
