ज्योति विकास बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत विदुर नगरपालिका वडा नं. ०५, देवीघाट, नुवाकोटस्थित श्री शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैङ्कले अन्तरक्रियात्मक सिकाइ विधिहरू मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा सूचना प्रविधि सम्बन्धी सीप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय शिक्षाको लागि अनुकूल वातावरण बनाउन र विद्यार्थीहरूको अध्ययनप्रतिको रुचिमा विकास गराउने हेतुले उक्त स्मार्टबोर्डहरु प्रदान गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रममा हाम्रो विकास प्रवर्द्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले श्री शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयकी प्रधानाध्यापक मञ्जु चित्रकारलाई सो स्मार्टबोर्डहरु औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बैङ्कका सञ्चालक समितिका सदस्य नरेश राज आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर डंगोल लगायत बैङ्कका पदाधिकारीहरू, विद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
आधुनिक विज्ञान र प्रविधि, नेपाली मौलिक संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धनका लागि सक्रिय रूपमा योगदान गरिरहेको उक्त विद्यालयले डिजिटल प्रविधिद्वारा अनलाइनको माध्यमबाट विभिन्न विषयहरूको कक्षा सञ्चालन समेत गर्ने भएकाले सो स्मार्टबोर्डहरुद्वारा विद्यालयलाई थप सहजता प्रदान हुनेछ ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्टाई समाजप्रति उत्तरदायी बनेको सो विकास बैङ्कले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहक, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैङ्क सदैव प्रतिबद्ध रहेको छ ।
ज्योति विकास बैङ्कद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन इन्टरेक्टिभ (स्मार्ट) बोर्डहरू प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
