बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडले स्थापना गरेको बन्दिपुर केबलकार उद्यमी पत्रकारिता पुरस्कार, यस वर्ष तिन जना पत्रकारले प्राप्त गर्ने भएका छन्। उद्यमशीलताको विकासको लागि कलम चलाएर योगदान पुर्याए बापत तिन जना पत्रकारलाई सो विधाको पुरस्कार उपलब्ध गराउने गरेको पुरस्कार मूल्याङ्कन तथा सिफारिस समितिका प्रमुख तारानाथ उपाध्यायले बताउनुभयो ।उहाँका अनुसार यस वर्ष तेस्रो साधारण सभाको उपलक्षमा वाराही समाचारकर्मी सुनिता आचार्य, काठमाडौँ सेतो पाटिकी पत्रकार सविना कार्की र पर्वतका नेपाल समाचार पत्र कर्मी दुर्गा शर्मालाई रु. ५० हजार नगद पुरस्कार सहित सम्मानित गरिने उपाध्यायले बताउनुभयो ।
तनहुँको बन्दिपुरमा निर्माणाधीन बृहत् पर्यटन पुर्वधारयुक्त परियोजनाले समाजमा उद्यमशीलता जागरणको लागि सो प्रकारको पुरस्कार मार्फत सोही विधामा कलम चलाउने पत्रकारहरूलाई नियमित प्रोत्साहन गरिरहेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो । रु. ३ अर्ब ५८ करोड लगानी रहेको सो परियोजना आगामी नव वर्ष देखि सञ्चालनमा आउने समेत शर्माले बताउनुभयो । सो परियोजनाले पत्रकारहरू को लागि विशेष सेवा सहुलियत कार्ड समेत दिने घोषणा गरिसकेको र सो परियोजना नेपालको उद्यम अभियानमा कोशेढुंगा साबित हुने दाबी कम्पनीले गरेको छ ।
 
३ जना पत्रकारले बन्दिपुर केबलकार उद्यमी पत्रकारिता पुरस्कार पाउने
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    