ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरुपमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैङ्क पौष १७ गते मङ्गलवार देखी स्थापनाको १७ वर्ष पुरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैङ्कले मङ्गलवार नै देशका सात वटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो ।
सो कार्यक्रमअन्तर्गत, कोसी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेस प्रदेशमा सिराहाको गोलबजार शाखा, बाग्मती प्रदेशमा काठमाडौँको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगन्ज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
देशभर आयोजित कार्यक्रममा ९२७ रक्तदाताहरूबाट ४३९ लिटर रगत दान गरिएको छ । यसै गरी निःशुल्क रूपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एवम् परामर्श पनि प्रदान गरेको छ ।
बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाज योगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कको १७औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
