धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ९९ अंकले बढेर १९५३ दशमलव ३५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ०८ अंकले बढेर ३८२ दशमलव ६९ को विन्दुमा पुगेको छ ।
आज कूल २३४ कम्पनीहरूका २५ लाख ८९ हजार ९९७ कित्ता शेयर रु. ९५ करोड ७० लाख ६० हजार २२५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य विकास बैङ्क उपसमूह २८ दशमलव १५ अङ्कले बढ्दा वित्त उपसमूह १९ दशमलव ५८ अङ्कले, जलविद्युत उपसमूह २.५० अङ्कले, जीवन बिमा उपसमूह ३०.८९ अङ्कले, लघुवित्त उपसमूह २५.३० अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले र अन्य उपसमूह ६.९५ अङ्कले बढेकाे छ । यता, बैंकिङ उपसमूह शून्य दशमलव ९७ अङ्कले घट्दा होटेल तथा पर्यटन उपसमूह ५.१३ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ०७ अङ्कले, उत्पादन उपसमूह १.२९ अङ्कले, निर्जीवन बिमा १४.६० अङ्कले र ट्रेडिङ उपसमूह १४.९० अङ्कले घटेकाे छ ।
 
धितोपत्र बजारमा २.९९ अङ्कको वृद्धि , नेप्से १९५३.३५ को विन्दुमा
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    