
नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क लिमिटेड (निफ्रा) ले आगामी जेठ १८ गतेदेखि ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत २०८८/८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको छ। सात वर्षे अवधि रहने यो ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको छ।
बैङ्कले कुल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो। तीमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। बाँकी २० लाख कित्तामध्ये १ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने १९ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याइनेछ।
सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक निष्कासन छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गतेसम्म खुला रहनेछ।
उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडले लिएको छ।
 
निफ्राको ७ वर्षे ऋणपत्र निष्कासन जेठ १८ देखि खुला, सर्वसाधारणलाई १९ लाख कित्ता उपलब्ध
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    