ग्लोबल आइएमई बैङ्कको उत्कृष्ट बैंकिङ्ग सेवा र अब्बल नतिजाको यात्रा

विश्वका विभिन्न कुनाहरूमा स्थापना भएको सम्पूर्ण व्यवसायहरूले आफ्नो व्यवसायलाई विश्व समुदाय माझ उत्कृष्ट साबित गराउने प्रयास निरन्तर जारी राख्दछन् । उक्त प्रयासलाई वास्तविकतामा परिणत गर्न व्यवसायकी कसरत वा गतिविधिका साथ अथक मेहनत गर्दा पनि केही व्यवसायी वा व्यवसायलाई मात्र विश्व समुदाय माझ उत्कृष्ट हुने सौभाग्य प्राप्त हुन्छ ।

आजको समयमा विश्वहरूका सम्पूर्ण देशहरू एक अर्काको छिमेक जस्तै भैसकेका छन् । कुनै एक देशको गतिविधिले भौगोलिक अवस्थामा क्षितिज पारी रहेको देशलाई पनि विभिन्न किसिमका व्यवासाहिक प्रभाव पारिरहेको हुन्छ ।  सम्पूर्ण व्यवसायको आफ्नो आफ्नो किसिमका फरक फरक व्यवसायकी लक्ष्य भए पनि सबैको एउटै लक्ष्य भनेको भएका व्यवसायहरू मध्य आफ्नो व्यवसायलाई अब्बल साबित गर्नु हो ।

अझ विश्वव्यापीकरणको युगमा कुनै एउटा भूगोलमा स्थापित व्यवसायको प्रतिस्पर्धा विश्वको अर्को कुनामा रहेका व्यवसायसँग रहँदै आएको छ । त्यसैले आजको नयाँ तथा स्थापित व्यवसायहरूको लक्ष्य भनेको विश्वभरिका आफ्नो प्रतिस्पर्र्धीहरु माझ आफूलाई उत्कृष्ट साबित गर्नु हो । कुनै एउटा व्यवसायले आफूलाई उत्कृष्ट साबित गर्दा उक्त व्यवसायले आफ्नो स्थापना भएको देशको झन्डालाई विश्वसामु उच्च बनाउँछ ।

विश्वमाझ देशलाई परिचित गराउने भएकाले देशका प्रख्यात कलाकारहरू तथा विभिन्न व्यक्तित्वहरूलाई देशको गहनाको रूपमा चिन्ने गरिन्छ । यसै गरी आजको विश्वमा व्यवसायहरूले विश्वमाझ उत्कृष्ट साबित गरी देशको झन्डा अन्तर्राष्ट्रिय समुदायमा उच्चो बनाउन प्रयासरत छन् ।

सम्पूर्ण नेपालीहरूमाझ बैंकिङ्ग पहुँच विस्तार गर्ने उद्देश्य राखी सबैका लागि बैङ्क भन्ने मूल नारा सहित २०६३ सालमा स्थापना भएको नेपालीहरूको बैङ्क हो ग्लोबल आइएमई बैङ्क । ग्लोबल आइएमई नेपालको सबैभन्दा ठुलो बैङ्क हो भन्ने कुरालाई बैङ्कले वित्तीय सूचकहरूको माध्यमबाट आफूलाई अब्बल स्थापित गरिसकेको छ ।  बैङ्कको देश भित्र रहने नागरिकका लागि मात्र होइन विश्वभरि रहनुभएका नेपाली नागरिकहरूलाई बैंकिङ्ग सेवा दिने प्रयास स्वरूप विश्वका विभिन्न मुलुकहरूमा बैङ्कको प्रतिनिधि कार्यालयहरू राखी सेवा सञ्चालन गरिरहेको छ ।

देश भनेको भौगोलिक क्षेत्र मात्र नभई नागरिक पनि देश हो भन्ने मान्यतालाई आत्मसाथ गरी नेपाली नागरिकहरू रहनुभएको प्रदेशबाटै नेपाली बैङ्कको माध्यमबाट बैंकिङ्ग कारोबार गर्न सहजता प्रदान गरिरहेको छ । जसले उक्त बैङ्कको सबैका लागि बैङ्क भन्ने मूल नारालाई थप सार्थकता प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैङ्क नेपालको सबैभन्दा ठुलो वित्तीय संस्थाको रूपमा बैंकिङ्ग क्षेत्रलाई नेत्तृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैङ्कले नवीनतम सेवा तथा सुविधाहरूमा सार्वजनिक गरी बैङ्कको ग्राहकहरूलाई प्रविधिमा आधारित सेवाहरू प्रदान गरिरहेको छ र यस बैङ्कले सार्वजनिक गरी प्रदान गरिरहेको सेवाहरू आम बैंकिङ्ग क्षेत्रका ग्राहकमाझ लोकप्रिय पश्चात् अन्य वित्तीय संस्थाहरूले पनि उक्त सेवा तथा सुविधालाई अङ्गीकार गरेको देखिन्छ ।

ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरिका बैङ्क तथा वित्तीय संस्थाको विभिन्न सूचकहरूको सूक्ष्म मूल्याङ्कन गरी विभिन्न महादेशबाट उत्कृष्ट बैङ्कहरू छनौट गर्दै आइरहेको छ । उक्त ग्लोबल फाइनान्स म्यागेजिनले प्रदान गर्ने अवार्डलाई विश्वस्थरमा प्रतिसित अवार्डको रूपमा परिचित छ ।

विगतका वर्षहरूमा उक्त अवार्डका लागि अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई छनौट गर्दै आइरहेको थियो । तर यस वर्ष देखी एशिया प्यासिफिक क्षेत्र पनि समावेश गरेको थियो र उक्त क्षेत्रहरूमा नेपालको तर्फबाट ग्लोबल आइएमई बैङ्कलाई वेस्ट बैङ्क अवार्ड प्रदान गरेको हो । ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो ।

यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैङ्क अफ अमेरिका, भारतको स्टेट बैङ्क अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैङ्क, नेपालको ग्लोबल आइएमई बैङ्क, मलेसियाको मेबैंक, बङ्गलादेशको स्ट्यान्ड चार्टर्ड बङ्गलादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैङ्कहरूलाई विभिन्न विधामा सम्मानित भएको थिए । एशिया प्यासिफिक अन्तर्गत नेपालको बैङ्क ग्लोबल आइएमई बैङ्कले उक्त सम्मान सहित नेपालको झन्डा विश्व मञ्चमा फरफराएको हो ।

साथै, यस बैङ्कले देश भित्रका विभिन्न अभियानहरूमा नेत्तृत्वदायी भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । दिगो विकास लक्ष्य २०३० प्राप्तिको लागि बैङ्कले नेपाल सरकार वा सरकारका मातहतका विभिन्न संस्थाहरू वा विदेशी संस्थाहरूसँग सहकार्य गर्दै आइरहेको छ । बैङ्कले वातावरणीय प्रदूषण कम गर्नको लागि विभिन्न किसिमका गतिविधि सञ्चालन गरिरहेको छ । बैङ्कले आफ्नो कार्यालय भित्र प्लास्टिकजन्य वस्तुहरूको कम प्रयोग गर्ने अभियान सुचारु गरी अन्य बैङ्क तथा वित्तीय संस्था र सम्पूर्ण व्यवसायलाई यस अभियानमा लाग्न समेत आव्हान गरेको छ । साथै, बैङ्कले सार्वजनिक तथा व्यक्तिगत सवारीसाधनमा विद्युतीय साधनको पहुँच विस्तारको लागि पनि न्यूनतम ब्याजदरमा कर्जा विस्तार गर्दै आइरहेको छ । बैङ्कको ग्रिन आवास कर्जा योजनाको विशेषताहरूलाई हेर्ने हो भने यस बैङ्कलाई जिम्मेवार संस्थाको रूपमा हेर्न सकिन्छ । यस बैङ्क एक कर्पोरेट सिटिजन भएका कारणले यसले आफू स्थापित भएको समाजलाई एक असल नागरिकको परिचय दिई सेवा सञ्चालन गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएको छ ।

बैङ्कले लघु, साना तथा मझौला व्यवसायमा आम नागरिकलाई आकर्षण गर्नको लागि न्यूनतम ब्याजदरमा कर्जा सुनिश्चितताको लागि आईएफसी सँग ५६ मिलियन डलर ऋण लिई लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गका क्षेत्रहरूमा वित्तीय पहुँच विस्तार गर्दै आएको छ ।  यस्ता कर्जाहरूको विस्तारले साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सृजना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्ने छ ।

बैङ्कले आफ्नो व्यवसाय विस्तार गर्दा पनि नेपाली माटोको आवश्यकतालाई आत्मसाथ गरी विभिन्न सेवा तथा सुविधा सार्वजनिक गर्दै आइरहेको छ । साथै, बैङ्कको अध्यक्ष चन्द्रप्रसाद ढकालले यस बैङ्कलाई विश्वको उत्कृष्ट १,००० बैङ्कमा समावेश गर्ने लक्ष्य राख्नुभएको छ ।


ग्लोबल आइएमई बैङ्कलाई ग्लोबल फाइनान्सको “वेस्ट बैङ्क अवार्ड”
ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागेजिनको वेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वभरिका सर्वश्रेष्ठ बैङ्कहरू छनोट गरी सम्मानित गरेको हो ।

बैङ्कको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैङ्क सन् २०२४ को लागि नेपालको उत्कृष्ट बैङ्क भएको हो ।

ग्लोबल फाइनान्स म्यागेजिनले अफ्रिका, एशिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैङ्कहरूलाई सम्मान गरेको हो  ।

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो ।

ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबीसी, संयुक्त राज्य अमेरिकाको बैङ्क अफ अमेरिका, भारतको स्टेट बैङ्क अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैङ्क, नेपालको ग्लोबल आइएमई बैङ्क, मलेसियाको मेबैंक, बङ्गलादेशको स्ट्यान्ड चार्टर्ड बङ्गलादेश, फिलिपिन्सको मेट्रोबैंक लगायतका विश्वभरका विभिन्न बैङ्कहरूलाई विभिन्न विधामा सम्मानित गरेको हो ।

ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी समय सान्दर्भिक नविनतम् सेवाहरू प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैङ्कलाई ग्लोबल फाइनान्सबाट “नेपालको उत्कृष्ट बैङ्क” को सम्मानले आगामी दिनमा बैङ्कलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गर्नेछ ।

बैङ्कका ग्राहकहरूको माया, कर्मचारी वर्गको लगनशीलता, शेयरधनि महानुभावहरू, नियमनकारी संस्थाहरू, अन्य सरोकारवालाको मार्गदर्शनले ग्लोबल आइएमई बैङ्कलाई उत्कृष्ट बैङ्कमा स्थापित गरेको छ ।


‘युरोमनी अवार्ड फर एक्सलेन्स–वेस्ट बैङ्क नेपाल २०२२’ बाट ग्लोबल आइएमई बैङ्क लिमिटेड सम्मानित
सन् १९९२ मा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैङ्कले ग्राहकलाई प्रदान गर्दै आएको सेवा, बैङ्किङ क्षेत्रमा नयाँ नयाँ प्रविधिको प्रयोग तथा बैङ्कको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको थियो ।

युरोमनी म्यागेजिन बैङ्किङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात रहेको थियो । युरोमनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू रहेका छन् ।

अमेरिकाको बैङ्क अफ अमेरिकाले यो वर्ष विश्वको उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरेको छ ।


रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आइएमई बैङ्कको A रेटिङ
इक्रा नेपालले जारी कर्ता रेटिङमा ग्लोबल आइएमई बैङ्कलाई [ICRANP–IR] A प्रदान गरेको छ ।  यस रेटिङले बैङ्कको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

बैङ्कको पर्याप्त तरलता तथा पुँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत् कार्यालय सञ्जाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा यस बैङ्कको रेटिङको स्तर वृद्धि गरिएको हो ।


ग्लोबल आइएमई बैङ्कलाई “वेस्ट इन्टरनेट बैङ्क २०१६–नेपाल” अवार्ड
ग्लोबल आइएमई बैङ्क लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागेजिन “इन्टरनेशनल फाइनान्स म्यागेजिन” द्वारा “वेस्ट इन्टरनेट बैङ्क २०१६–नेपाल” अवार्डबाट सम्मानित भएको थियो । सिंगापुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बिच बैङ्कलाई उक्त अवार्ड प्रदान गरेको थियो । 

ग्लोबल आइएमई बैङ्कलाई गुणस्तरीय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा उक्त सम्मानद्वारा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैङ्क नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैङ्क हो ।

बैङ्कले आफ्ना ग्राहकहरू माझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रविधियुक्त सुरक्षित ग्लोबल अनलाइन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दे आइरहेको छ ।


ग्लोबल आइएमई बैङ्क बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैङ्क तथा वित्तीय संस्था
ग्लोबल आइएमई बैङ्क लिमिटेड बैङ्क तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैङ्क तथा वित्तीय संस्था बनेको छ । बैङ्कले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

आन्तरिक राजश्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैङ्क तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैङ्कलाई सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा. प्रकाशशरण महतले ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरूप सम्मान पत्र प्रदान गर्नुभएको छ ।

ग्लोबल आइएमई बैङ्क लिमिटेड विभिन्न सूचकहरूमा नेपालको सबैभन्दा ठुलो बैङ्कको रूपमा स्थापित छ ।

सन् २००७ मा वाणिज्य बैङ्कको रूपमा बैंकिङ्ग कारोबार सुरुवात गरेको ग्लोबल आइएमई बैङ्कले आफ्नो बैंकिङ्ग यात्रामा विभिन्न २१ वटा बैङ्क तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति गरी सबल र उत्तरदायी बैङ्कको रूपमा स्थापित भएको छ ।

आफ्नो व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य २०२५ अनुसरण गर्दै कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैङ्कले प्रविधिमैत्री बैंकिङ्ग सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x