आइसिटी अवार्ड २०२३ को लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डका ३ विधामा विभिन्न ४ चरणको छनौट पश्चात् पब्लिक भोटिङ सञ्चालन भएको हो । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इनोभेसन आइसिटी अवार्डमा उत्कृष्ट ५ को छनौटपछि हाम्रो पात्रो अन्तर्गतको हाम्रो पे एपमार्फत पब्लिक भोटिङ सुरु गरेको आयोजकले जनाएको छ ।
प्रिजेन्टेसन तथा स्पिड डेटिङ सेसनबाट छनौट भएका उत्कृष्ट ५ ले क्याटेगोरी अवार्ड विजेताको लागि र उत्कृष्ट १३ मा पर्न सफल ३९ प्रतिस्पर्धीले पब्लिक च्वाइस आइसिटी अवार्डको लागि हाम्रो पे पब्लिक भोटिङ सञ्चालन गरेको हो । क्याटेगोरी अवार्ड भोटिङको लागि एउटा आइडीले एक दिनमा एउटा विधामा एउटा मात्र भोट गर्न सकिनेछ भने पब्लिक च्वाइसमा इच्छाअनुसारको भोट गर्न सकिनेछ । सर्वोत्कृष्ट छनौटको लागि जुरी समितिको फिल्ड भिजिट पनि सञ्चालन हुनेछ ।
लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्ने प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा १३ विधामा नोमिनेसन खुल्ला गरेको थियो । प्राप्त ६०० बढीको अनलाइन नोमिनेसनबाट सम्पूर्ण विधामा सर्वोत्कृष्ट छनौट १४ जना जुरी सदस्यहरूले विभिन्न चरणको छनौट प्रक्रिया सञ्चालनमा रहेको छ । दक्षिण एसियाली देशका स्टार्टअपहरूलाई लक्षित गरेर साउथ स्टार्टअप अवार्ड पनि सञ्चालनमा छ । यसको लागि भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका विज्ञहरूलाई जुरी समितिमा समावेश गरेको छ ।
उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरूमा भोजमाण्डु फुड प्रा.लि, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज प्रा.लि र यार्सा टेक प्रा.लि रहेका छन् । यसै गरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरूमा डिजी बज, फास्ट बैङ्किङ, मनि मित्र, क्युकआरपिए र यात्री पी १ रहेका छन् । राइजिङ स्टार इनोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, दृश्य, इन्टर्नसाथी र प्रस्ट नेपाली रहेका छन् ।
यी उत्कृष्ट ५ सँगै अन्य १३ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनको बारेमा तयार पारिएको विशेष टेलिभिजन कार्यक्रम पनि प्रसारणको तयारीमा रहेको छ । ग्राण्ड फिनाले अघि कान्तिपुर टेलिभिजनबाट ५ वटा एपिसोडहरू प्रसारण हुनेछ ।
यसै गरी आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यक्तिगत र संस्थागत अवार्ड विधाहरूमा पनि छनौट प्रक्रिया जारी रहेको छ । प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरूमा तेस्रो चरणको छनौट प्रक्रिया सञ्चालनमा छ । त्यसै गरी, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा दोस्रो चरणको छनौट प्रक्रिया सञ्चालन भइरहेको छ ।
आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ६ गते द सोल्टी काठमाडौँमा आयोजना हुनेछ । कार्यक्रममा सहभागी हुन इच्छुकले मङ्सिर १५ गते देखी खुल्ला हुने टिकट खरिद गर्न सक्नेछन् । भोटिङ र फाइनलिस्टहरुको बारेमा थप जानकारी www.ictaward.org हेर्न सकिन्छ ।
आइसिटी अवार्ड २०२३ मा पब्लिक भोटिङ सुरु, ४ विधामा हाम्रो पे मार्फत भोट गर्न सकिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en