नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोसी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ "मोबाइल अस्पताल एप" सञ्चालनमा ल्याएको छ । सो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने छन् ।
यसै गरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न पनि सक्ने छन् ।
सो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ । यसले अस्पतालको सेवालाई समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।
दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोसी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।
मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोसी अस्पतालले "नयाँ अस्पताल एप" मार्फत सेवा सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en