
नेपाल टेलिकमले स्याङ्जा जिल्लाको मालुङ्गाबजार र सोको आसपास क्षेत्रलाई समेट्ने गरी उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट (एफटिटिएच) सेवाको विस्तार गरेको छ । उक्त सेवा मार्फत मालुङ्गा क्षेत्र वरपर रहेका स्वाथ्यचौकी, क्याम्पस, स्कुल तथा अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूले अव उच्च गतिको ब्रोडव्याण्ड इन्टरनेट निर्बाध रूपमा चलाउन सक्नेछन् । एफटिटिएच सेवा अन्तर्गत २५ एमबिपिएस देखि १ जिविपिएस स्पिड क्षमता सम्मको एक्सजिपोन प्रविधिमा आधारित विश्वसनीय फाइबर सेवा विस्तार गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख इन्दल यादवले बताउनुभयो ।
मालुङ्गा बजार गल्याङ नगरपालिका वडा नं.१ अन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्र समेत हो र त्यस्ता केन्द्रहरूमा नेपाल टेलिकमको हाई स्पिड ब्रोडव्याण्ड सेवाबाट वञ्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख राकेश चौधरीले बताउनुभयो ।
त्यसै गरी, हाल वितरण गरिएको एनटिफाइबर सेवा मार्फत एउटै सरकारी दरमा ब्रोडव्याण्ड इन्टरनेट, टेलिभिजन, पिएसटिएन, तथा मोबाइल डाटा समेत प्राप्त गर्न सकिने भएकोले यसलाई “फोर इन वन” भनेर समेत चिनिने नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायले बताउनुभयो । उहाँका अनुसार सो सेवा मार्फत अनलिमिटेड इन्टरनेटका साथै अन लिमिटेड भ्वाइस सेवा समेत प्राप्त गर्न सकिने छ ।
एफटिटिएच सेवामा गुणस्तरीयता र विश्वसनीयता दुवै रहेकाले गल्याङ कार्यालय मार्फत करिब १३ किलोमिटर परको दुरीमा विस्तार गरी प्रथम पटक मालुङ्गामा ल्याण्डलाइन सेवा ल्याइएको वडा अध्यक्ष मणि प्रसाद बस्यालले बताउनुभयो ।
 
मालुङ्गामा नेपाल टेलिकमको एफटिटिएच सेवा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    