गोरखाको उत्तरी भागमा रहेको चुमनुर्बी गाउँपालिका–२ मा पर्छ स्याला गाउँ । पर्यटन मार्ग सञ्चालन भएपछि स्याला गाउँ बदलिएको छ । आजभन्दा १२ वर्षअगाडि स्याला गाउँमा तीते फापर र कोदो फलाउने स्थानीयहरूले हाल होटेल व्यवसाय सञ्चालन गरेर आर्थिक आयआर्जन गरिरहेका छन् ।
हाल उत्तरी गोरखाको लार्केपास पुग्न गोरखाको माछिखोलाबाट पैदल यात्रा गर्नुपर्ने हुन्छ । बिस्तारै हिँड्ने हो भने चार दिनपछि स्याला गाउँ पुगिन्छ । स्याँला गाउँबाट चारैतिर हिमाल देखिने भएकाले आन्तरिक तथा बाह्य पर्यटक एक रात स्याला गाउँमा बास बसेर सामागाउँ पुग्छन् ।
स्थानीयवासीको अनुसार, धेरै वर्ष पहिले स्याला गाउँमा चौँरी चराउन र आलु उत्पादन गर्नलाई वर्षातको समयमा बस्ने गरिन्थ्यो । बाँकी हिउँदको समयमा स्थानीयवासी ल्हो गाउँमा बसोबास गर्ने गर्थे । जब २०६८ सालमा पर्यटन मार्ग सुसञ्चालन भयो त्यसपछि स्याला गाउँका स्थानीयवासीले क्याम्पिङ गर्ने पर्यटकलाई चिया पसल सञ्चालन गरेर सेवा दिएका थिए ।
बिस्तारै बाह्य पर्यटकहरूको आगमनमा वृद्धि हुन थालेसँगै स्याला गाउँका स्थानीयले होटेल व्यवसाय सञ्चालन गरे । अहिले काठले छाएका पुराना घरहरुसँगै टिनले छाएका नयाँ आकर्षक घरहरू बनेका छन् । सुविधायुक्त होटलहरु सञ्चालनमा आएका छन् ।
ठुलै लगानी गरेर होटेल सञ्चालन गरेका होटेल व्यवसायीका पीडा भने आफ्नै छ । पर्यटन मार्ग सुरु भएर पर्यटकको आवागमनमा वृद्धि हुने बित्तिकै २०७२ सालको भूकम्पले पर्यटन व्यवसायलाई धरापमा पारिदियो । मोटो रकम लगानी गरेर होटेल सञ्चालन गरेर घाटामा जानु परेको होटेल व्यवसायीको दुःखेसो छ ।
भूकम्प र लकडाउनका कारण पर्यटन व्यवसाय खस्केको चुमनुर्वी गाउँपालिका–२ का निवर्तमान वडाध्यक्ष पेम्बा रेता बताउनुहुन्छ । उहाँले भन्नुभयो, “व्यवसाय सञ्चालन गरेको बेला भूकम्पले ठप्प बनायो । भूकम्पपछि उठेको पर्यटन व्यवसाय फेरि पनि लकडाउनले ठप्प बनायो । अहिले बिस्तारै फेरि पर्यटन व्यवसायमाथि उठ्दै छ ।”
पर्यटन व्यवसायले स्याला गाउँको मात्र आर्थिक आयआर्जनलाई फाइदा नगरेर देशको आर्थिक वृद्धि हुने हुँदा राज्यले पर्यटन व्यवसायलाई ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ । बाह्य पर्यटकहरूलाई सरकारले धेरै कर लगाउने र एउटै मार्गमा पनि ठाउँ ठाउँमा शुल्क तिराउने भएकाले बाह्य पर्यटक घट्न सक्ने चुमनुर्बी–२ का वडा निवर्तमान अध्यक्ष पेम्बा रेताको भनाइ छ ।
पर्यटन मार्गले बदल्यो उत्तरी गोरखाको स्याला गाउँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en