नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्र सङ्घको सहकार्यमा एफएनसीसीआईले आयोजना गरेको सातौँ दक्षिण तथा दक्षिण पश्चिम एसिया उपक्षेत्रीय मञ्चमा बोल्दै अध्यक्ष ढकालले दिगो विकास लक्ष्य हासिल गर्न राज्य र निजी क्षेत्र तथा अन्य विकास साझेदारबिच सहकार्य र नवप्रवर्तनको आवश्यकतामा जोड दिनुभएको छ ।
उहाँले गरिबी न्यूनीकरण, जलवायु परिवर्तनलगायतमा साझेदारीको खाँचो औँल्याउनुभएको छ ।
उहाँले निजी क्षेत्र वित्तीय योगदानकर्ता मात्र नभई आर्थिक वृद्धि, रोजगारी सृजना र प्राविधिक प्रगतिको संवाहक पनि भएको बताउनुभएको छ ।
अध्यक्ष ढकालले रोजगारी सृजना, स्वास्थ्य सेवा र शिक्षामा लगानी, लैङ्गिक समानता, पूर्वाधार विकास, जलवायु परिवर्तन न्यूनीकरण र वातावरण संरक्षणमा निजी क्षेत्रले विशेष योगदान पुर्याइरहेको बताउनुभयो ।
ढकालले विश्वव्यापी चुनौतीको सामना गर्न सार्वजनिक–निजी सहयोग र अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिनुभएको छ ।
उहाँले व्यवसाय मैत्री नीतिका लागि पारदर्शिता र जबाफदेहिता सुनिश्चित गरिनुपर्ने बताउनुभयो ।
दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको महासङ्घ अध्यक्ष ढकालको भनाइ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
