वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०८१/८२ को कार्तिकमा ९.१ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा भने विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ को कार्तिकमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १,४७,४७८ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९४,१०५ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,३७,४७५ र ६८,८४१ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ५ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो ट्रान्सफर ५ खर्ब २१ अर्ब ४३ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%