युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिनुभयो ।
उहाँका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यस वर्ष गत वर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताउनुभयो । “युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ”, उहाँले भन्नुभयो, “यद्यपि अरू मुलुकमा निर्यातको अवस्था मध्यम छ ।”
हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष रु १२ अर्बको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ । मङ्सिरदेखि पुसमा मात्रै रु आठ अर्बको निर्यात भएको छ ।
हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
