बैङ्किङ प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैङ्क

Gyanmandu | Achieving Excellence Together
बैङ्किङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले लगातार तरलता प्रशोचन गरिरहेको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत बैङ्किङ प्रणालीमा रहेको अतिरिक्त रकम खिच्न लागेको हो।

राष्ट्र बैङ्कले आज असोज २ गते निक्षेप सङ्कलन उपकरणमार्फत बैङ्किङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि आज अपराह्न ३ बजेसम्म राष्ट्र बैङ्कको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल गरिनेछ।

निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा हुनेछ। राष्ट्र बैङ्कका अनुसार बोलकबोलमा ब्याजदरसमेत प्रस्ताव गर्न सकिनेछ। उक्त प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।

निक्षेप राख्न इच्छुक बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।

राष्ट्र बैङ्कका अनुसार यो निक्षेप सङ्कलन उपकरण २८ दिन अवधिको हुनेछ। यसअन्तर्गत राखिएको रकमको साँवा तथा ब्याज असोज ३० गते भुक्तानी गरिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x