धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ३८ अङ्कले बढेर २०७७ दशमलव ७६ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ६ दशमलव ३५ अङ्कले बढेर ३८८ दशमलव ५१ को विन्दुमा पुगेको छ ।
आज कूल २८७ कम्पनीहरूका ८३ लाख ५२ हजार ५७६ कित्ता शेयर रु. ३ अर्ब ०४ करोड २५ लाख ४३ हजार ९६१ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।
बैङ्किङ उपसमूह ८ दशमलव १४ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ५९ दशमलव ३४ अङ्कले, वित्त उपसमूह ३९.१० अङ्कले, होटेल तथा पर्यटन उपसमूह २६७.२९ अङ्कले, जलविद्युत उपसमूह शून्य दशमलव १२ अङ्कले, लगानी उपसमूह उपसमूह १.५४ अङ्कले, जीवन बिमा उपसमूह २१५.१२ अङ्कले, उत्पादन उपसमूह ९६.८३ अङ्कले लघुवित्त उपसमूह ४०.५४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०५ अङ्कले, निर्जीवन बिमा २५८.१८ अङ्कले, अन्य उपसमूह ४१.३४ र ट्रेडिङ उपसमूह १०३.९६ अङ्कले अङ्कले बढेका छन् ।