संस्थापक शेयर बिक्री गर्दै नाडेप लघुवित्त



नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुले ७ हजार ५९० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका दुई जना संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।


यसमा ०३ असारदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो लघुवित्तले जानकारी दिएको छ । लघुवित्तका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले ०३ असारबाट सो लघुवित्तको केन्द्रीय  कार्यालय गजुरी धादिङमा आइपुग्ने गरी के कति कित्ता शेयर कति मूल्यमा लिने हो सोको जानकारी खुलाई निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x