साफ च्याम्पियनसिपको २०२३ मा नेपाल कठिन समूहमा परेको छ । भारतको बैंगलोरमा आगामी असार ६ देखि १८ सम्म आयोजना हुने च्याम्पियनसिपमा साबिक उपविजेता नेपालको समूहमा साबिक विजेता भारत र आमन्त्रित कुवेत रहेका छन् । नेपालको समूहमा पाकिस्तान पनि रहेको छ ।
बुधवार भारतमा आयोजित साफ च्याम्पियनसिप २०२३ को ड्र निकाल्ने क्रममा नेपाल समूह ‘ए’मा परेको छ । प्रतियोगिताको समूह ‘बी’ मा लेबनानसँगै माल्दिभ्स, भुटान र बङ्गलादेश छन् । फिफाको प्रतिबन्धका कारण श्रीलङ्काले च्याम्पियनसिपमा भाग लिएको छैन ।
च्याम्पियनसिपमा यस पटक कुवेत र लेबनान आमन्त्रित विदेशी टोलीको रूपमा पहिलो पटक समावेश गरिएको छ । साफ मुलुकको फुटबल स्तरोन्नतिका लागि यस्तो थालनी गरिएको हो । यस अघि बङ्गलादेशमा आयोजित महिला फुटबलमा आमन्त्रित विदेशी टोलीको रूपमा रुसलाई सहभागी गराइएको थियो ।
साफ च्याम्पियनसिप २०२३: नेपालको समूहमा भारत, पाकिस्तान र आमन्त्रित मुलुक कुवेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en