नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरूको चालू आर्थिक वर्ष ०७९/०८० चैत्र महिनाको विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको चैत्र महिनामा निर्जीवन बिमा कम्पनीहरूले रु. ४ अर्ब १४ करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेका छन् भने सो अवधिको चैत्र महिनासम्ममा मात्र रु. ३० अर्ब १ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाउँछ।
कुल १६ वटा निर्जीवन बिमा कम्पनीहरू मध्य शिखर इन्स्योरेन्सले सर्वाधिक रु. ८१ करोड बिमा शुल्क आर्जन गरेको छ । त्यसतै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले रु. ३८ करोड २६ लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रु. ३७ करोड ७४ लाख, सिद्धार्थ प्रिमियरले रु. ३६ करोड २९ लाख र नेको इन्स्योरेन्सले रु. २८ करोड ४४ लाख बिमा शुल्क सङ्कलन गरेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
यता, चालु आर्थिक वर्षको चैत्र महिनामा सबैभन्दा कम बिमा शुल्क आर्जन गर्ने निर्जीवन बिमा कम्पनी नेशनल इन्स्योरेन्स रहेको छ। सो कम्पनीले रु. ११ करोड ८४ लाख रुपैयाँ मात्र बिमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यसतै, प्रभु इन्स्योरेन्सले रु. १२ करोड ८५ लाख, दि. ओरिएन्टल इन्स्योरेन्सले रु. १४ करोड २४ लाख, नेपाल इन्स्योरेन्सले रु. १४ करोड ७२ लाख र प्रुडेन्सियल इन्स्योरेन्सले १४ करोड ९२ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन गरेका छन् ।
चैत्र महिनामा निर्जीवन बिमा कम्पनीहरूको कुल बिमा शुल्क आर्जन ४ अर्ब अधिक, कसको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
