ह्वात्तै घट्यो ल्यापटप आयात

नेपालले चालू आर्थिक वर्षको चैत्र महिनासम्ममा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको ल्यापटप आयात गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा नेपालले कुल ९ अर्ब २३ करोड रुपैयाँ बराबरको ल्यापटप आयात गरेको थियो। यो गत  आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतको गिरावट हो ।

नेपालले ३७ देशहरूबाट ल्यापटप आयात गरेको छ भने चीनबाट सबैभन्दा बढी ल्यापटप नेपाल भित्रिएको छ। नेपालले चीनबाट मात्रै ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको ल्यापटप आयात गरेको हो। त्यसतै ल्यापटप आयात हुने मुख्य देशहरू मध्ये नेपालले मलेसियाबाट ५ करोड ७ लाख रुपैयाँ, अमेरिकाबाट २ करोड ७८ लाख रुपैयाँ, जापानबाट १ करोड ८५ लाख रुपैयाँ र सिंगापुरबाट १ करोड २६ लाख रुपैयाँ बराबरको ल्यापटप आयात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x