एनआईसी एशिया बैङ्कको नाफा ११.३८ प्रतिशतले बढेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा बैङ्कले ४ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया बैङ्कले ३ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ६६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १४ अर्ब १९ करोड रुपैयाँ र सञ्चित मुनाफा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ११.६१ प्रतिशतले बढेर ९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ३ अर्ब २ करोड रुपैयाँ रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी ४६ रुपैयाँ २९ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा र पछिल्लो कारोबार मूल्य रु ७४०.७० को आधारमा मूल्य आम्दानी अनुपात १६ गुणा रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर ०.८५ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई २३ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने ९६ करोड ३ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
एनआईसी एशिया बैङ्कको नाफा ४ अर्ब १ करोड, निष्क्रिय कर्जा अनुपात ०.८५ प्रतिशत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
