युवा अर्थशास्त्री र उद्यमी मनोज पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसियट समूह तर्फको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ। महासङ्घलाई अझ सशक्त र प्रभावकारी बनाउने उद्देश्यले युवा उद्यमी व्यवसायीहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका पौडेल १३ सय ७३ मत ल्याएर एशोसियट समूहकै दोस्रो हुँदै निर्वाचित हुनुभएको हो ।
कोष व्यवस्थापक कम्पनी आद्यन्तका संस्थापकका रूपमा व्यवसायमा प्रत्यक्ष संलग्न उनी पूर्वाधार विकास, बैङ्किङ, शिक्षा, लगानी परिचालन र पुँजी व्यवस्थापन लगायतका क्षेत्रहरूमा अन्य विभिन्न व्यवसायहरूमा पनि आबद्ध हुनहुन्छ ।
विशेष गरी अन्तर्राष्ट्रिय लगानी र व्यापार विकासमा अनुभवी उहाँले उद्योग व्यवसाय जगतमा छोटो समयमै सफल उद्यमीको रूपमा स्थापित हुनुभएको छ ।
महासङ्घको कार्यकारिणी समितिको गएको कार्यकालमा अन्तर्राष्ट्रिय लगानी समितिको सह अध्यक्षका रूपमा उहाँले नेपालमा वैदेशिक लगानी र व्यापार प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
पहुँचयोग्य लगानी, सबैको सशक्तीकरण, स्मार्ट समाधान, र टीमवर्क– यी चार मुख्य स्तम्भहरूमा केन्द्रित रहेर आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन सहयोग पुग्ने गरी उम्मेदवारी दिनुभएका मनोजले अब कार्यकारिणी समितिमा निर्वाचित भइसकेपछि नव निर्वाचित नेतृत्वसँग सहकार्य गर्दै नेपाली उद्यम र उद्यमीका निम्ति लागि पर्ने बताउनु भएको छ।
युवा उद्यमी एवम् अर्थशास्त्री मनोज पौडेल महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

0.00%

0.00%

100.00%

0.00%

0.00%
