धितोपत्र बजारमा ३.६१ अङ्कको गिरावट, नेप्से २०१९.९३ को विन्दुमा



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३ दशमलव ६१ अङ्कले घटेर २०१९ दशमलव ९३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ०७ अङ्कले घटेर ३८१ दशमलव ९४ को विन्दुमा पुगेको छ ।
 



आज कूल २६२ कम्पनीहरूका ३९ लाख ४६ हजार २४ कित्ता शेयर रु. १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ मा खरिद बिक्री भए ।
 


कारोबार भएका कूल १३ उपसमूहहरू मध्य जलविद्युत उपसमूह २३ दशमलव ९४ अङ्कले, लगानी उपसमूह शून्य दशमलव ६६ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०५ अङ्कले र ट्रेडिङ उपसमूह शून्य दशमलव १९ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह ४ दशमलव ५३ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १७ दशमलव ७० अङ्कले, वित्त उपसमूह ४ दशमलव ५८ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३० दशमलव ९९ अङ्कले, जीवन बिमा उपसमूह २२.२८ अङ्कले, उत्पादन उपसमूह २४.०५ अङ्कले, लघुवित्त उपसमूह ३१.१२ अङ्कले, निर्जीवन बिमा ४४.३० अङ्कले र अन्य उपसमूह १०.३९ अङ्कले घटेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x