सिभिल लघुवित्तमा विभिन्न पदमा रोजगारीको अवसर, SLC/SEE/+2 पास र अनुभव नहुनेलाई पनि मौका

प्रकाशित मिति २०७९/११/०३ गते
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैङ्क लिमिटेडको सहायक कम्पनी) नेपाल राष्ट्र बैङ्कबाट “घ” वर्गको इजाजतपत्रप्राप्त, राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो। यस संस्थाबाट सञ्चालनमा रहेका तथा भविष्यमा स्थापना हुने शाखा कार्यालयहरूको लागि कर्मचारी आवश्यक भएकोले तपसिल बमोजिमको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ ।

Click here to join viber community for all Vacancy Updates.

परीक्षाको किसिम : उल्लेखित पदहरूको प्रस्तुतीकरण/अन्तर्वार्ता हुनेछ। विशेष प्राथमिकता : कम्प्युटर (वर्ड, एक्सेल, इमेल - इन्टरनेट र नेपाली टाइपिङ) सम्बन्धी ज्ञान भएको, मोटरसाइकल चालक अनुमतिपत्रप्राप्त, काठमाडौँ उपत्यका बाहिर गई दुर्गम तथा ग्रामीण क्षेत्रमा भएका कार्यालयहरूमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

उमेरको हद : दरखास्त दिने अन्तिम दिनसम्म व्यवस्थापकीय श्रेणीको लागि २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, क्रम सङ्ख्या २ देखि ४ को लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र बाँकी उल्लेखित पदहरूको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको तर, महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हदमा ५ वर्ष थप हुनेछ ।

तलब तथा अन्य सुविधा : वित्तीय संस्थाको नियमानुसार ।

छनौट सूचिमा परेका उम्मेदवारहरूलाई मात्र त्यसपछिको छनौट प्रक्रियामा समावेश गराइनेछ । योग्यता पुगेका इच्छुक उम्मेदवारले निवेदनको साथमा बायोडाटा, हालसालै खिचेको फोटो र नागरिकताको प्रतिलिपिको साथै अनुभव माग भएको पदको लागि अनुभव खुल्ने पत्रको प्रतिलिपि सहित सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस संस्थाको वेभ साइट www.civillaghubitta.com.np मा Careers को Vacancy भित्र गई Apply Online Vacancy मार्फत वा सिधै यस वित्तीय संस्थाको पायक पर्ने शाखा कार्यालयहरू वा चाबहिल, काठमाडौँ स्थित केन्द्रीय कार्यालयमा बुझाउन सूचित गरिन्छ । छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ ।

Click here to apply.

Click here to join viber community for all Vacancy Updates.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x