नेपालको आईटी प्रोफेसनलहरू विश्वको कुनै पनि आईटी प्रोफेसनलहरूको तुलनामा कम छैनन्: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताउनुभएको छ ।मङ्गलवारबाट सुरु भएको क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल टेक्नोलोजी तथा डिजिटलाइज क्षेत्रमा धेरै नै अघि बढिसकेको भए पनि सरकारले नेपाली इन्जिनियरहरूले उत्पादन गरेका नयाँ सफ्टवेयरलाई प्राथमिकता दिन नसकेको उल्लेख गर्नुभयो । उहाँले नेपाली इन्जिनियरहरूले बनाएका टेक्नोलोजी विदेशीको तुलनामा कम नरहेको बताउनु भयो । उहाँले नेपालमा टेक्नोलोजी उत्पादन गर्ने प्राविधिकहरू कमी नभएको बताउनुभयो । उहाँले नेपाले टेक्नोलोजीको क्षेत्रमा विश्वका जुनसुकै देशसँग पनि प्रतिस्पर्धा गर्न सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति अनुसार नै नेपालमा उत्पादित टेक्नोलोजीलाई प्रमुख प्राथमिकता दिन आवश्यक रहेको बताउनुभयो । 

ढकालले भन्नुभयो, "नेपाल आईटी सेक्टर वा डिजिटलाइज क्षेत्रमा धेरै नै अघि बढिसकेको छ ।  नेपाली आइटी इन्जिनियरहरूले तयार गरेको कतिपय सफ्टवेयर, डिजिटलाइज गर्ने कुराहरूले नेपालको आईटी प्रोफेसनलहरू विश्वको कुनै पनि आईटी कम्पनीको तुलनामा कमी छैनन् भन्ने जनाउँछ जस्तो मलाई लाग्दछ । हाम्रो जीवनमा आउन सक्ने टेक्नोलोजीको हिसाबले कता कता हामी नेपाली टेक्नोलोजीलाई अहिले प्राथमिकता नदिएको हो की भन्ने मलाई लाग्छ । नेपाली प्रडक्टमा १५ प्रतिशतसम्म हामी बढी मूल्य दिन सक्ने भन्ने किसिमको नीति रहेको छ । त्यही अनुरूप सरकारले टेक्नोलोजीको आन्तरिक उत्पादनलाई प्राथमिकता दिनुपर्छ । सरकारले जबसम्म नेपाली उत्पादन, सफ्टवेयर टेक्नोलोजीलाई हरेक निकायबाट प्राथमिकता दिएर अघि बढाउने प्रयास गर्दैन तबसम्म यो क्षेत्रले फड्को मार्दैन ।"

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नेपाली उत्पादनलाई प्राथमिकता नदिएसम्म कुनै पनि क्षेत्रको विकास हुन सम्भव नरहेको पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x