आइएमई पे र मेरो किरानाबिच सम्झौता  

आइएमई पे र मेरो किरानाबिच छुट सम्बन्धी सम्झौता भएको छ । मेरो किरानाको महाबचत सेल विकलाई लक्षित गरी सार्वजनिक गरेको यस अफरमा ग्राहकहरूले मेरो किरानाको वेबसाइट अथवा एपबाट किराना सामानहरू खरिद गर्दा आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी १५% छुट (एक पटकमा अधिकतम रु. ३०० सम्म) प्राप्त गर्न सक्नेछन् । यद्यपि, ग्राहकहरूले महाबचत सेल विकमा मात्र नभई कुल रु. ६०० सम्मको छुट पाउन सक्नेछन् । 
 
आ–आफ्नो क्षेत्रमा अग्रज रहेका आइएमई पे र मेरो किरानाको सो सम्झौता पश्चात् नेपाली जनताहरूलाई डिजिटल प्रविधिमा प्रवेश गर्न अथवा जारी राख्न अझै सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x