नबिल बैङ्कका ग्राहकलाई शाओमी ब्रान्डका सामानको इएमआई सुविधा 

नबिल बैङ्कका ग्राहकलाई शाओमी ब्रान्डका सामान  खरिद गर्दा ब्याज नलाग्ने भएको नबिल बैङ्कले बताएको छ । नबिल बैङ्क लिमिटेड र साओमी नेपाल बिच शून्य इएमआई सम्बन्धी सम्झौता भएको नबिल बैङ्कले जानकारी दिएको छ । सम्झौतामा नबिल बैङ्कका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र शाओमी नेपाल, नेपाल प्रमुख अमित कुमार, रमेश कर्पोरेसनका कार्यकारी निर्देशक सञ्जय अग्रवालले संयुक्त रूपमा हस्ताक्षर गरेको बैङ्कले बताएको छ ।

सम्झौताअनुसार नबिल बैङ्कका ग्राहकलाई शाओमी ब्रान्डका मोबाइल फोन, ल्यापटप र टेलिभिजन खरिद गर्दा इएमआईमा ब्याज लाग्ने छैन । यस्तो सुविधा ३ महिना र ६ महिनाको लागि उपलब्ध गराइएको नबिल बैङ्कले जनाएको छ ।


शाओमी ब्रान्डको मोबाइल खरिद गर्दा शून्य प्रतिशत, ३० प्रतिशत, अथवा ५० प्रतिशत  डाउन पेमेन्ट गरी शाओमी ब्रान्डको मोबाइल, टेलिभिजन अथवा ल्यापटप खरिद गर्न सक्ने सो बैङ्कले जानकारी दिएको छ  । त्यस्तै मोबाइल, टेलिभिजन र ल्यापटपमा ५० प्रतिशतभन्दा कम डाउन पेमेन्ट गरेमा ब्याज नलागे पनि न्यूनतम सेवा शुल्क भने लाग्ने बैङ्कले बताएको छ । सुविधा लिन भने नबिल बैङ्क क्रेडिट कार्ड होल्डर हुनु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x