धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ९७ अङ्कले बढेर २११६ दशमलव ६५ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले बढेर ४०१ दशमलव १७ को विन्दुमा पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूह मध्य लगानी उपसमूह शून्य दशमलव ३५ अङ्कले, लघुवित्त उपसमूह १५.४८ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले र ट्रेडिङ उपसमूह ३.६३ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह १ दशमलव ४२ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ४५ दशमलव ७८ अङ्कले, वित्त उपसमूह १२ दशमलव १० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ५०.४८ अङ्कले, जलविद्युत उपसमूह ३.८९ अङ्कले, जीवन बिमा उपसमूह ८८.७८ अङ्कले, उत्पादन उपसमूह २८.०० अङ्कले, निर्जीवन बिमा २२.९६ अङ्कले र अन्य उपसमूह १०.५१ अङ्कले बढेको छ ।