प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रा.लि. बिच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ प्रा.लि.का तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र सिप्रदी ट्रेडिङ प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ प्रा.लि.बाट ग्राहकरुले टाटा मोटर्स अन्तर्गतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको कम्पनीले जानकारि दिएकाे छ । हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको बताएकाे छ ।
प्रभु बैंक र सिप्रदी ट्रेडिङ बिच सर्वसुलभ तरिकाले कर्जा दिने सम्बन्धी सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
