आइएमईको अफर; चौध हजार पठाउँदा रु. १० लाख उपहार

आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ ।

आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ बन्न सफल भएका छन् । मलेसियाबाट आइएमई मार्फत रु. १४ हजार ५० रुपैयाँ पठाउनुभएका तामाङले नगद रु. १० लाख उपहार स्वरूप प्राप्त गरेका छन् ।

बुधबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्रान्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्धतिमा आधारित लक्की ड्र मार्फत नतिजा सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समय समयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिटेन्स आप्रवाह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । आइएमई सबैको माया र विश्वास प्राप्त ब्रान्ड भएको उल्लेख गर्दै पौडेलले यो ब्रान्ड सवैसँग जोडियोस् र सवैमा अपनत्व कायम होस् भन्ने सोचेर कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरु भएको जानकारी गराउनुभयो ।


कार्यक्रमलाई सम्बोधन गर्दै आइएमईका ब्रान्ड एम्बासडर एवम् वरिष्ठ कलाकार दीपकराज गिरीले नेपालका खास खास अप्ठ्याराहरूमा रेमिटेन्सले अर्थतन्त्र चलायमान गराएको स्मरण गर्नुभयो । ग्रुपका प्रवक्ता राजु पौडेलले अफरको विषयमा चर्चा गर्दै बैंकिङ प्रणालीमार्फत रेमिटेन्स आप्रवाह बढाउन यस्ता अफर अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो ।

यस वर्षका पर्वहरूका अवसरमा आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थिममा आधारित स्किम सञ्चालनमा ल्याएको थियो । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १ – नोभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात् ६३ दिनसम्म सञ्चालनमा ल्याएको थियो । अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रु. २५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिने गरी व्यवस्था मिलाएको थियो । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रु. १०,००,०००/- (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम आज सम्पन्न भएको साे कम्पनीले बताएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

66.67%
33.33%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x