स्मार्टच्वाईस टेक्नोलोजी र एभरेष्ट बैंक बिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजी लिमिटेड (SCT) तथा ‘क’ वर्गको वाणिज्य बैंक-एभरेष्ट बैंक बिच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गर्नुभएको छ ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजी र स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको एभरेष्ट बैंक बिच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरेको छ ।


सो सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैकिङ्ग  प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर (EBL Touch 24) एप मार्फत स्मार्ट क्युआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने एभरेष्ट बैंक मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्विच मार्फत कारोबार को भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्युआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कुरा कम्पनीले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x