कात्तिक सम्ममा ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको १११६ किलो सुन आयात

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा एक हजार १ सय १६ किलो सुन आयात भएको छ । सुन आयातबापत यस अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ बराबरको रकम बाहिरिएको छ । यो गत आर्थिक वर्षको भन्दा आधाले कम हो । गत आर्थिक वर्षको पहिलो चार महिनामा २१७७ किलो सुन आयात भएको थियो । यसका लागि १४ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको थियो ।

सुनको सबैभन्दा बढी खपत हुने समय विवाहको लगन भएको महिना र दसैँ तिहारमा हो । नेपाल राष्ट्र बैङ्कले १० किलो मात्रै आयात गर्न पाउने कोटा तोकिदिए पछि सुनको आयात घटेको हो । सुनचाँदी व्यवसायीका अनुसार बजारमा सिजनको समयमा दैनिक ५० किलो सुनको माग छ । तर सरकारले आयातमा कडाइ गर्दा सुन आयात घटिरहेको छ । गत आर्थिक वर्षमा सिजनको समयमा सरकारले २५ किलोसम्म सुन आयात गर्न पाउने व्यवस्था गरेको थियो ।


गत साउनमा १ अर्ब ४८ करोड रुपैयाँको सुन भित्रिएको थियो भने भदौमा २ अर्ब १६ करोड रुपैयाँ बराबरको सुन आयात भएको थियो । त्यसपछि असोजमा २ अर्ब १४ करोड र कात्तिकमा २ अर्ब १५ करोड रुपैयाँ बराबरकाे सुन भित्रिएकाे छ । मङ्सिर महिना बिहेको सिजन भएकाले यस महिनामा माग अत्यधिक बढ्ने गरेको छ । त्यसैले यो महिनामा आयात बढ्ने आकलन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x