आज देखि सानिमा ग्राेथ फण्ड निष्कासनमा

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा ग्राेथ फण्ड कार्तिक १६ गते (आज) देखि निष्कासन भएकाे छ। सानिमा ग्राेथ फण्डकाे निष्कासन बन्द हुने मिति (छिटोमा) कार्तिक २० रहेको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा कार्तिक ३० गते सम्म आवेदन म्याद थपिने कम्पनीले जनाएकाे छ।


कम्पनीले निष्कासन गर्न लागेकाे कुल १२ करोड इकाई मध्ये न्यूनतम १ कराेड ५६ लाख वा कुल बिक्री भएको इकाई सङ्ख्याकाे न्यूनतम १३ प्रतिशतले हुन आउने इकाई कोष प्रवर्द्धक सानिमा बैंक लिमिटेडलाई सुरक्षित राखी, २ प्रतिशत अर्थात २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई सुरक्षित गरि र बाँकी न्यूनतम १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्रीका लागि खुल्ला गर्न लागेको तथा प्रति इकाई मूल्य रू. १०/- अंकितका दरले न्यूनतम १०० देखि अधिकतम १ कराेड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेकाे जनाएकाे छ ।

यस फण्डकाे इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका र आस्वा (ASBA) सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यलयहरूबाट पनि आवेदन पेस गर्न सकिनेछ भने यस फण्डकाे धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x