विश्व इतिहासमा आजः म्यास्ट्रिच सन्धि कार्यान्वयनदेखि अमेरिकाद्वारा हाइड्रोजन बम परीक्षण

विश्वमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्पूर्ण घटना:

म्यास्ट्रिच सन्धि कार्यान्वयन

सन् १९९मा म्यास्ट्रिच सन्धि  कार्यान्वयनमा आएको थियो । सो सन्धिले युरोपेली मुलुकमा युरोलाई साझा मुद्रा अङ्गीकार गरेको थियो ।

अमेरिकी विमानमा विस्फोट

सन् १९५५ मा अमेरिकी एयरलाइन्सको फ्लाइट ६२९ मा एउटा शक्तिशाली बम विस्फोट भएको थियो । लगेजभित्र लुकाएर राखिएको सो टाइम बम विस्फोट हुँदा चालक दलका सदस्यसहित यात्रामा सबार सबै जनाको मृत्यु भएको थियो ।

अमेरिकाद्वारा हाइड्रोजन बम परीक्षण

सन् १९५२ मा अमेरिकाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको थियो । अपरेसन इभिको एक महत्त्वपूर्ण अंशअन्तर्गत मार्शल टापुमा सो बम परीक्षण गरिएको थियो ।

पहिलो पटक विमानबाट बम खसालियो

सन् १९११ अगाडि अज्ञात बेलुन प्रयोग गरेर झारिने गरिन्थ्यो । तर १ नोभेम्बर १९११ देखि इटालीले विमानबाट नै पहिलो बम खसालेको थियो । इटाली र टर्कीको युद्धमा सो बम खसालिएको थियो ।

रसियाका अन्तिम सम्राट्

सन् १८९४ मा निकोलस द्वितीय रसियाको अन्तिम सम्राट् बनेका थिए । आफ्ना बाबु अलेक्जेन्डर तृतीयको मृत्युपछि निकोलस सम्राट् बनेका थिए । रसियाको क्रान्तिपछि सन् १९१७ मा निकोलसले राजगद्दी त्याग्न बाध्य भएका थिए । एक वर्षपछि परिवारसहित उनको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x