रहस्यमय बरमूडा ट्रायंगलको बारेमा वैज्ञानिकको नयाँ दाबी

बरमूडा ट्रायंगल लामो समय देखि एउटा ठुलो रहस्यको रूपमा रहेको छ। विभिन्न खोज तथा अनुसन्धान गर्दा पनि यो ठाउँको रहस्यको ज्ञात हुन सकेको छैन। अहिलेसम्मको जानकारीमा यो ठाउँमा धेरै ठुलो सङ्ख्यामा पानी जहाज र हवाई जहाजहरू हराई सकेका छन्। यो ठाउँ उत्तर अटलांटिक महासागरमा अवस्थित छ । यो  संयुक्त राज्य अमेरिकाको  पूर्वी तट मियामी (फ्लोरिडा) देखि १७७० किलोमिटर र  हेलिफेक्स, नखवा स्कोटिया, (क्यानडा) देखि  दक्षिणमा १३५० किलोमिटरको दूरीमा स्थित छ।
 
यसै बिच एक अस्ट्रेलियन वैज्ञानिक कार्ल क्रुजेलनिकिकले यो रहस्यबाट पर्दा उठाएको दाबी गरेका छन्। उनले अहिलेसम्म यहाँ हराएका विमानहरूको कुनै प्रमाण वा तथ्य फेला नपारिएको जनाएका छन्।  त्यसो भय यी वैज्ञानिकले के तथ्यको उजागर गरेका छन् त ?
 
यी अस्ट्रेलियन वैज्ञानिक कार्ल क्रुजेलनिकिकका अनुसार जहाजहरू हराउने घटनामा एलियनको संगलनता वा अन्य कुनै कारण जुन अहिलेसम्म मानिँदै आइएको छ तिनको कुनै सम्बन्ध छैन। उनका अनुसार हालसम्मका सबै घटनाहरूमा मानवीय गल्ती र खराब मौसम नै कारक तत्त्व रहेका छन्। उनले अन्य विभिन्न तथ्यहीन कारणहरू को खण्डन पनि गरेका छन्। बरमूडा ट्रायंगललाई डेविल्स ट्रायंगल पनि भन्ने गरिन्छ। समुद्रमा स्थित यो ७००,००० वर्ग किलोमिटरको क्षेत्र निकै व्यस्त रहने कारणले पनि विभिन्न घटनाहरू हुने गर्दछन्। यो क्षेत्र भूमध्य रेखाको नजिक र अमेरिकाको समीप भएको कारणले पनि धेरै व्यस्त रहन्छ। 
 
अस्ट्रेलियन वैज्ञानिक कार्ल क्रुजेलनिकिकले आफ्नो दाबीलाई सही साबित गर्नको लागि अमेरिकी तट रक्षक र Lloyd’s of London को आडकालाई उद्धृत गरेका छन्, जस अनुसार बरमूडा ट्रायंगलमा विमान दुर्घटना हुने सम्भावना र समुद्रको अन्य कुनै पनि ठाउँमा जहाज दुर्घटना हुने सम्भावना समान रहेको छ।
 
वैज्ञानिक कार्ल क्रुजेलनिकिकले फ्लाइट-१९ का पाँच विमान हराएको बारेमा पनि टिप्पणी गरेका छन्।  यी पाँच विमान हराए पछि नै यो क्षेत्रलाई रहस्यपूर्ण भन्न थालिएको थियो।  उनका अनुसार बरमूडा ट्रायंगलमा करिब १५ मिटर अग्ला समुद्री लहरहरू उठ्दछन् र यिनै लहरहरूको चपेटामा ती विमानहरू आएको हुनु पर्दछ। उक्त पाँच विमानहरूमा एक मात्र अनुभवी पाइलट लेफ्टिनेन्ट चार्ल्स टेलर थिए, र उनको मानवीय गल्तीको कारणले त्यो ठुलो दुर्घटना भएको थियो। गहिरो पानीमा जहाजको भग्नावशेष भेटाउन निकै गाह्रो हुने गर्दछ त्यसैले यी पाँच हराएका विमानको कुनै जानकारी हुनै सकेन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0.00%
0.00%
0.00%
0.00%
0.00%
100.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x