कस्तो छ त एप्पलको नयाँ  iPhone14 Pro Max ?

एप्पलले आफ्नो आईफोन सिरिजका सबैभन्दा नयाँफोन आईफोन १४ सिरिज अघिल्लो महिना सेप्टेम्बरदेखि बजारमा ल्याएको हाे । यस समीक्षामा, हामीले iPhone 14 Pro Max सम्बन्धि तपाइको मनमा उब्जन सक्ने केही प्रश्नहरूको जवाफ दिने प्रयास गरेका छौँ।
कुनै पनि कम्पनीको लागि  प्रत्येक वर्ष  फोनमा धेरै परिवर्तन गर्नु गाह्रो कुरा हो । सायद यही कारणले गर्दा यस पटक iPhone 14 सिरिजका फोनहरू  अघिल्ला सिरिज जस्तै  देखिन्छन्। झट्ट हेर्दा आइफोन 14 र आईफोन 13 सिरिजका फोनहरू बिच खासै भिन्नता पनि  छैन।

नयाँ14 Pro Max को डिजाइन कस्तो छ?

यदि तपाईँले iPhone 13 Pro Max देख्नुभएको छ वा प्रयोग गर्नुभएको छ भने, मानौँ तपाईँले iPhone 14 Pro Max पनि हेर्नुभएको छ वा प्रयोग गर्नु भएको छ। नयाँ फोनमा पनि तपाईँले पुरानो चारकुने  र बक्सी डिजाइन पाउनुहुनेछ। साथै नयाँ आईफोनमा फ्रेम र फ्रस्ट ग्लास पनि दिइएको छ । क्यामेरा मोड्युल अलिकति परिवर्तन गरिएको छ, जुन पहिले भन्दा अलि ठुलो छ। 14 Pro Max को वजन 240 ग्राम छ, जुन 13 Pro Max को बराबर हो। यसमा ६.७ इन्चको LTPO Super Retina XDR OLED, 120Hz को डिस्प्ले छ। ठुलो भएको कारणले म्याक्स भेरियन्ट एक हातले प्रयोग गर्न अलि गाह्रो छ।

अन्य आईफोन प्रो संस्करणहरू जस्तै, यसको निर्माण गुणस्तर पनि क्लासिक छ। प्रिमियम एन्ड्रोइड फोनहरूको तुलनामा यसको निर्माण गुणस्तर धेरै राम्रो छ। यो फोनलाई हातमा लिँदा  प्रिमियम अनुभव हुन्छ। यो फोन IP68 रेटिङको साथ आउँछ र यसलाई पानीमा पनि सजिलै प्रयोग गर्न सकिन्छ। यस पटक एप्पलले नयाँ डीप पर्पल कलर पनि ल्याएको छ ।

फोनको नच पहिलेको भन्दा सानो छ। प्रो भेरियन्टमा डायनामिक आइल्याण्डको feature पनि समावेश गरिएको छ। iPhone 13 Pro max र 14 Pro max  बिचको भिन्नता हेरेर पत्ता लगाउने  तरिका डायनामिक आइल्याण्ड हो। अहिले डायनामिक आइल्याण्डले सबै एपहरूमा काम गर्दैन, तर भविष्यमा अन्य एपहरूमा पनि यो feature उपलब्ध हुनेछ, एप्पलले पनि यो सुविधालाई धेरै हाईलाइट गरेको छ।

Always on display र performance

iPhone 14 Pro max को डिस्प्लेमा केही upgrade हरू गरिएका छन्। Always on display feature iphone मा पहिलो  पटक सुरु भएको छ। प्रो iphone मा स्क्रिन एक्स्ट्रिम ब्राइट र भाइब्रन्ट छ। एप्पलका अनुसार स्क्रिनको पीक ब्राइटनेस २००० निट्स सम्म छ।

यसमा रहेको TrueTone feature ले एम्बियन्ट लाइट अनुसार स्क्रिनको कलर टेम्परेचर परिवर्तन गर्छ। एप्पलको always on display एन्ड्रोइडको भन्दा धेरै फरक छ। एन्ड्रोइड फोनहरूमा एप्सको notification र समय मात्र देखिन्छ भने iPhone मा, पुरै वाल पेपर देख्न सकिन्छ, तर यो धेरै कम brightness र मात्र 1Hz को रिफ्रेश रेटमा रहन्छ।

A16 Bionic एप्पलको नयाँ चिप हो यो अघिल्लो चिप भन्दा optimized गरिएको छ, यद्यपि performance मा धेरै भिन्नता भने अनुभव हुँदैन।

iPhone 14 Pro Max मा 4323 mAh को ब्याट्री छ जुन 13 Pro Max को भन्दा 29 mAh कम हो। ब्याट्री लाइफ चाहिँ पछिल्लो 13 Pro Max जस्तै नै छ। पछिल्ला केही वर्षमा iphone मा ब्याट्री लाइफ धेरै राम्रो हुनाले हामीले नयाँ मोडेलका फोनमा पनि ब्याट्रीको चिन्ता गर्नु पर्ने देखिँदैन।

एप्पलले नयाँ iphone मा थपेको अर्को feature 'crash detection' अनि 'Satellite connectivity' हो। यो सुविधाका कारण फोनले दुर्घटना भएमा आपत्कालीन नम्बरमा स्वतः कल गर्नेछ । यो सुविधा अहिले नेपालमा भने उपलब्ध छैन।

क्यामेरा कस्तो छ?

फोनको क्यामेरा मोड्युल पुरानो आईफोनको जस्तै  छ तर यसमा 48MP काे मुख्य क्यामेरा छ। यस बाहेक, फोनमा १२ मेगापिक्सेल अल्ट्रा वाइड र १२ मेगापिक्सेलको टेलिफोटो क्यामेरा पनि छ।

सामान्य अवस्थामा फोनले 12MP मोडमा मात्र फोटोहरू क्लिक गर्दछ। एप्पलका अनुसार फोटो प्रशोधनका लागि photonic engine प्रयोग गरिएको छ। विशेष गरी कम प्रकाशमा, क्यामेराले राम्रो फोटोहरू खिच्दछ।

यस पटक एप्पलले एक्सन मोडको सुविधा पनि थपेको छ, जसले दौडेर  भिडियो रेकर्ड गर्दा जिटर कम गर्छ। फ्रन्टमा, कम्पनीले १२MP को सेल्फी क्यामेरा दिएको छ, जुन F1.9 अपर्चरको साथ आउँछ र यसले नाइट मोडमा पनि काम गर्दछ।

समग्रमा iphone 13 Pro Max को तुलनामा नयाँ iPhone 14 Pro Max मा धेरै भिन्नता भने छैन।  हाल नेपालमा सरकारले लगाएको आयात प्रतिबन्ध अनुसार ३०० अमेरिकी डलर भन्दा महँगा  फोन आयात गर्न नपाउने हुनाले यो फोन नेपालमा आधिकारिक रूपमा उपलब्ध भने छैन।  यदि तपाई सँग iphone 13 Pro Max छ वा राम्रो मूल्यमा प्रयोग भएको वा refurbished गरिएको पाउनु भयो भने अहिलेको नयाँ 14 सिरिजमा upgrade गर्न त्यति आवश्यक देखिदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x